एमाले–माओवादी कार्यक्रममा ब्यानरको लफडा
काठमाडौँ । एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनाव भएको छ ।
माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै होहल्ला गरेपछि तनाव भएको हो ।
कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले माओवादीको भातृ संगठनका भक्तपुरका अध्यक्ष जीवीत थपलियाले ब्यानरमा असहमति जनाउँदै मञ्चमा गएर हुटिङ गरेपछि त्यसमा माओवादी कार्यकर्ताले साथ दिएका थिए ।
ब्यानरमा माओवादी केन्द्रलाई ‘माके’ लेखेर आफ्नो पार्टीको अपमान गरिएको भन्दै कार्यक्रम शुरु हुन अघि उनी मञ्चमा गएर विरोध गरेपछि माओवादी कार्यकर्ताहरुले त्यसमा समर्थन जनाउँदै हुटिङ गरेका थिए ।
यतिबेलासम्म प्रधानमन्त्री केपी ओली, , माओवादी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरु मञ्चमा आइपुगेका थिएनन् ।
हुटिङ जारी राखेपछि उर्जामन्त्री तथा माओवादी नेता वर्षमान पुनले यो कार्यक्रम दुवै पार्टीले सहमतिमा आयोजना गरेको र यस्ता प्राविधिक विषयलाई ठूलो नबनाउन आग्रह गरेका थिए । पुनको आग्रहपछि पनि माओवादी कार्यकर्ताले हुटिङ गर्न छाडेनन् ।

त्यसपछि ब्यानरलाई त्यहाँबाट हटाएर उल्टो पारेर राखेपछि मात्र माओवादी कार्यकर्ताहरु शान्त बनेका थिए ।
तर, त्यसपछि आपत्ति जनाउने पालो एमाले कार्यकर्ताको थियो । अखिल महासचिव ऐन महरले मञ्चमा पुगेर ब्यानर हटाइएको विषयमा आपत्ति प्रकट गरेका थिए ।

‘ब्यानर किन बनाइयो ? र, अहिले किन हटाइयो । हामी हुटिङ गर्दैनौँ । तर, ब्यानर बिना कार्यक्रम गर्न दिँदैनौँ,’ महरले भने ।
अहिले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका छन् । १२ बजे शुरु हुने भनिएको कार्यक्रम शुरु हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण