आगामी उपनिर्वाचनमा एमालेले जित्छ : ओली
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे । अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरूले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराए ।
उनले भने, ‘विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्रा विरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरू सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नु परेको थियो । र पराजयको पीडा बेहोर्नु परेको थियो । यस पल्ट हामी त्यस पीडालाई सुखद परिणामतर्फ रूपान्तरित गर्न चाहन्छौँ । परिवर्तन गर्न चाहन्छौँ । यस पटक हामी हार्दैनौँ । यस पटक हामी जित्छौँ । र यस पल्ट हामीले हार्नै मिल्दैन । गत निर्वाचनमा सबै एकातिर, हामी एकातिरको अवस्थामा थियौँ । हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरू पार्टीबाट अलग भएका थिए, पार्टी फुटाएका थिए । एमाले त शून्य सिटमा झर्छ समेत भनेका थिए । त्यो साहस हामीविरुद्धको गठबन्धनबाट आएको थियो ।’
अध्यक्ष ओलीले एमालेले यो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण