मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

हाम्रो नेपाली पार्टीकी प्रदेशसभा सदस्य बिदामा

सोमबार, १९ चैत २०८०, १४ : ५१
सोमबार, १९ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै गर्दा एक प्रदेशसभा सदस्य बिदामा बसेकी छन् । हाम्रो नेपाली पार्टीबाट प्रदेशसभा सदस्य रहेकी सरिता खड्की बिदामा बसेकी हुन् । 

उनी सुत्केरी बिदामा बसेकाले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा सहभागी नहुने निश्चित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

सो पार्टीबाट अर्का सांसद शैलेन्द्रमान बज्राचार्य भने मन्त्री छन् । उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएपनि अर्की सांसद भने अनुपस्थित हुने भएकी छन् । 

प्रदेशसभा बैठकमा सहभागी हुन एकीकृत समाजवादीकी एक सांसद भने नगएपछि बैठक सुरु हुन ढिलाइ भएको छ । खड्कीका साथै समाजवादीकी रमा आले मगर समेत अनुपस्थित भएमा सत्ता गठबन्धनलाई विश्वासको मतका लागि बहुमत पुग्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप