प्रदेश
हाम्रो नेपाली पार्टीकी प्रदेशसभा सदस्य बिदामा
सोमबार, १९ चैत २०८०, १४ : ५१
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै गर्दा एक प्रदेशसभा सदस्य बिदामा बसेकी छन् । हाम्रो नेपाली पार्टीबाट प्रदेशसभा सदस्य रहेकी सरिता खड्की बिदामा बसेकी हुन् ।
उनी सुत्केरी बिदामा बसेकाले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा सहभागी नहुने निश्चित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सो पार्टीबाट अर्का सांसद शैलेन्द्रमान बज्राचार्य भने मन्त्री छन् । उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएपनि अर्की सांसद भने अनुपस्थित हुने भएकी छन् ।
प्रदेशसभा बैठकमा सहभागी हुन एकीकृत समाजवादीकी एक सांसद भने नगएपछि बैठक सुरु हुन ढिलाइ भएको छ । खड्कीका साथै समाजवादीकी रमा आले मगर समेत अनुपस्थित भएमा सत्ता गठबन्धनलाई विश्वासको मतका लागि बहुमत पुग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण