प्रदेश सरकारलाई स्थायित्व दिन सबै एकताबद्ध हौँ : मुख्यमन्त्री जम्कट्टेल
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबै दललाई एक ढिक्का भएर अगाडि बढ्न आग्रह गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विगतमा पनि आफूलाई विश्वासको मत दिँदा धेरै दल एक ठाउँमा उभिएको भन्दै अहिले पनि एकताबद्ध हुन आग्रह गरेका हुन् ।
‘हामी एक ढिक्का भएर अगाडि बढौँ । हिजो पनि विश्वासको मत लिँदा धेरै दल एकै ठाउँमा उभिएको हामीलाई थाहै छ । अहिले पनि प्रदेश र प्रदेश सरकारलाई स्थायित्व दिने, प्रदेशवासीको चाहनाअनुसार काम गर्न एकताबद्ध भएर अगाडि बढौँ । म सबै दलका माननीयज्यूलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।
प्रदेशमा एउटै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने बाध्यता हरेको उनले बताए । ‘यो बाध्यतालाई हामीले सहज रूपमा स्वीकार गर्दै सहजताको साथ बागमती प्रदेशलाई अगाडि बढौँ । सबै माननीयज्यूलाई सरकारले अगाडि बढाएको विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गर्दछु,’ उनले भने ।
गत फागुन २१ मा केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशबाट नेपाली कांग्रेस बाहिरिएको थियो । माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण