मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

प्रदेश सरकारलाई स्थायित्व दिन सबै एकताबद्ध हौँ : मुख्यमन्त्री जम्कट्टेल

सोमबार, १९ चैत २०८०, १६ : ४८
सोमबार, १९ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबै दललाई एक ढिक्का भएर अगाडि बढ्न आग्रह गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विगतमा पनि आफूलाई विश्वासको मत दिँदा धेरै दल एक ठाउँमा उभिएको भन्दै अहिले पनि एकताबद्ध हुन आग्रह गरेका हुन् ।

‘हामी एक ढिक्का भएर अगाडि बढौँ । हिजो पनि विश्वासको मत लिँदा धेरै दल एकै ठाउँमा उभिएको हामीलाई थाहै छ । अहिले पनि प्रदेश र प्रदेश सरकारलाई स्थायित्व दिने, प्रदेशवासीको चाहनाअनुसार काम गर्न एकताबद्ध भएर अगाडि बढौँ । म सबै दलका माननीयज्यूलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।

प्रदेशमा एउटै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने बाध्यता हरेको उनले बताए  । ‘यो बाध्यतालाई हामीले सहज रूपमा स्वीकार गर्दै सहजताको साथ बागमती प्रदेशलाई अगाडि बढौँ । सबै माननीयज्यूलाई सरकारले अगाडि बढाएको विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गर्दछु,’ उनले भने ।

गत फागुन २१ मा केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशबाट नेपाली कांग्रेस बाहिरिएको थियो । माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप