अनलाइनमा नेगेटिभ रिभ्यु दिएपछि महिलालाई ७ वर्षको जेल सजाय
नाइजेरियाको एक महिलाले सात वर्षको जेल सजाय पाएकी छिन् । टोमेटो प्युरीलबारे अनलाइनमा नेगेटिभ रिभ्यु दिएपछि नाइजेरियाको साइबर अपराध सम्बन्धी कानुन जानीजानी तोडेको भन्दै महिलाले सो सजाय पाएकी हुन् ।
गएको वर्ष सेप्टेम्बरमा ३९ वर्षकी चिओमा ओकोलीले फेसबुकमार्फत आफूले भर्खरै किनेको टोमेटो प्युरीको क्यानबारे धारणा सार्वजनिक गरिन् । प्युरीमा चिनी अति धेरै भएको भन्दै उनले साथीभाइ र फलोअरहरूलाई त्यस प्रडक्टबारे आ–आफ्नो विचार राख्न भनेकी थिइन् । फेसबुकमा ओकोलीको पोष्ट भाइरल भयो । सो पोष्टमा करीब ३ हजार कमेन्ट आएका थिए ।
एउटा कमेन्ट चाहिँ उनले किनेको टोमेटो प्युरी बनाउने कम्पनी एरिस्को फूड्ज लिमिटेडकी संस्थापकको बहिनी दाबी गर्ने युवतिको थियो । आफ्नो प्रडक्टलाई तथानाम नभन्न ओकोलीलाई अनुरोध गरिएको थियो । ओकोलीले कमसल प्रडक्ट बनाएर मान्छेलाई मार्न दाजुलाई भन्नु भन्दै कमेन्ट गरिन् । उनको यही कमेन्टका कारण अहिले उनी जेलमा छिन् । यो कमेन्ट गरेको केही दिनमै उनी पक्राउ परिन् ।
सेप्टेम्बर २४ मा उनी लागोस्मा एउटा चर्चमा भएको बेलामा सादा पोसाकमा आएका प्रहरीले उनलाई समाते । यतिबेला उनले ७ वर्ष तोकिएको जेल सजाय काटिरहेकी छिन् । ओकोलीको पोष्टका कारण आफूहरूले कयौँ सप्लायर गुमाउने परेको अनि ऋण पनि खारेज भएको भन्दै एरिस्को फूड्ज लिमिटेडले ५ अर्ब नाइरा (३० लाख अमेरिकी डलर) माग्दै ओकोलीमाथि मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण