आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइनमा नेगेटिभ रिभ्यु दिएपछि महिलालाई ७ वर्षको जेल सजाय

सोमबार, १९ चैत २०८०, १७ : ००
सोमबार, १९ चैत २०८०

नाइजेरियाको एक महिलाले सात वर्षको जेल सजाय पाएकी छिन् । टोमेटो प्युरीलबारे अनलाइनमा नेगेटिभ रिभ्यु दिएपछि नाइजेरियाको साइबर अपराध सम्बन्धी कानुन जानीजानी तोडेको भन्दै महिलाले सो सजाय पाएकी हुन् ।

गएको वर्ष सेप्टेम्बरमा ३९ वर्षकी चिओमा ओकोलीले फेसबुकमार्फत आफूले भर्खरै किनेको टोमेटो प्युरीको क्यानबारे धारणा सार्वजनिक गरिन्  ।  प्युरीमा चिनी अति धेरै भएको भन्दै उनले साथीभाइ र फलोअरहरूलाई त्यस प्रडक्टबारे आ–आफ्नो विचार राख्न भनेकी थिइन् । फेसबुकमा ओकोलीको पोष्ट भाइरल भयो । सो पोष्टमा करीब ३ हजार कमेन्ट आएका थिए ।

एउटा कमेन्ट चाहिँ उनले किनेको टोमेटो प्युरी बनाउने कम्पनी एरिस्को फूड्ज लिमिटेडकी संस्थापकको बहिनी दाबी गर्ने युवतिको थियो । आफ्नो प्रडक्टलाई तथानाम नभन्न ओकोलीलाई अनुरोध गरिएको थियो ।  ओकोलीले कमसल प्रडक्ट बनाएर मान्छेलाई मार्न दाजुलाई भन्नु भन्दै कमेन्ट गरिन् । उनको यही कमेन्टका कारण अहिले उनी जेलमा छिन् । यो कमेन्ट गरेको केही दिनमै उनी पक्राउ परिन् ।

सेप्टेम्बर २४ मा उनी लागोस्मा एउटा चर्चमा भएको बेलामा सादा पोसाकमा आएका प्रहरीले उनलाई समाते । यतिबेला उनले ७ वर्ष तोकिएको जेल सजाय काटिरहेकी छिन् । ओकोलीको पोष्टका कारण आफूहरूले कयौँ सप्लायर गुमाउने परेको अनि ऋण पनि खारेज भएको भन्दै एरिस्को फूड्ज लिमिटेडले ५ अर्ब नाइरा (३० लाख अमेरिकी डलर) माग्दै ओकोलीमाथि मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप