बागमती प्रदेश
नेतृत्व निरन्तरताका लागि विश्वासको मत दिन्छौँ : एकीकृत समाजवादी
सोमबार, १९ चैत २०८०, १७ : ३३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेतृत्वको निरन्तरताका लागि भन्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । सोमबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कृष्ण प्रसाद शर्मा खनालले पार्टीले विश्वासको मत दिने जानकारी गराए ।
‘नेतृत्व निरन्तरताका लागि पार्टीले विश्वासको मतलाई समर्थन गर्छ’, उनले भने । यसअघि एकीकृत समाजवादीले विश्वासको मत दिन आनाकानी गर्दै आएको थियो । तर गठबन्धनमा भएको निरन्तरको छलफलपछि समाजवादी मत दिन तयार भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण