रेड्मी नोट १३ सिरिजमा नयाँ वर्ष अफर
काठमाडौँ । शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर लिएर आएको छ । यस अन्तर्गत ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ फ्रिमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।
रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५जीको खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन्, जसको वास्तविक मूल्य ५ हजार ६९९ रुपैयाँ हो ।
त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
रेड्मी १३ नोट सिरिज अन्तर्गत तिन प्रकारका फोनहरू उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जी । शाओमीको यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध छ । चैत्र १९ गतेबाट सुरु हुने यो अफरको फाइदा उठाउनका लागि ग्राहकहरू वैशाख ९ गते भित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा जान सक्नेछन् ।
मूल्य तथा उपलब्धता
रेड्मी नोट १३ः
मूल्य: रु २४,९९९ (६/१२८ जिबी), रु २७,९९९ (८/२५६ जिबी)
मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू
रेड्मी नोट १३ प्रोः
मूल्य: रु ३४,९९९ (८/२५६ जिबी), रु ३९,९९९ (१२/५१२ जिबी)
मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल
रेड्मी नोट १३ प्रो प्लस ५ जी:
मूल्य: रु ४७,९९९ (८/२५६ जिबी), रु ५२,९९९ (१२/५१२ जिबी)
मिडनाइट ब्ल्याक, मुनलईट ह्वाइट र औरोरा पर्पल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण