तोशा खाना मुद्दामा इमरान खान र उनकी श्रीमतीको सजाय स्थगित

इस्लामावाद । पाकिस्तानको एउटा अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशा खाना मुद्दामा दिएका सजाय स्थगित गरेको छ । २०२४ को जनवरीमा इमरान खान र बुशरा बीबीले तोशा खाना मामिलामा इस्लामाबादको एकाउन्टेबिलिटी कोर्टले सुनाएको सजायलाई निलम्बन गर्न उच्च अदालतमा अपिल गरेका थिए ।
सोमबार सोही याचिकामा फैसला सुनाउने क्रममा इस्लामावाद हाईकोर्टको मुख्य न्यायाधीश आमिर फारुक र न्यायमूर्ति मियाँ गुल हसन औरंगजेबको दुई सदस्यीय डिभिजन बेन्चले सजाय निलम्बित गरेको हो । आफ्नो आदेशमा एकाउन्टेबिलिटी अदालतले इमरान खान र उनकी श्रीमतीलाई १० वर्षको जेल सजाय र जरिवाना दिएको थियो भने आगामी १० वर्षका लागि सार्वजनिक पदमा रहन पनि अयोग्य घोषित गरेको थियो ।
एकाउन्टेबिलिटी अदालतले यस मुद्दामा आफ्नो फैसला दिन हतार गरेको इमरान खानका वकिलले हाईकोर्टमा तर्क दिएका थिए । अदालतबाट तोशाखाना मुद्दामा राहत पाए पनि इमरान खान अहिले जेलबाट बाहिर आउन सक्ने छैनन् । उनीमाथि दायर अन्य धेरै मुद्दा अझै विचाराधीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज शिक्षा समिति बैठक बस्दै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम