तोशा खाना मुद्दामा इमरान खान र उनकी श्रीमतीको सजाय स्थगित
इस्लामावाद । पाकिस्तानको एउटा अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशा खाना मुद्दामा दिएका सजाय स्थगित गरेको छ । २०२४ को जनवरीमा इमरान खान र बुशरा बीबीले तोशा खाना मामिलामा इस्लामाबादको एकाउन्टेबिलिटी कोर्टले सुनाएको सजायलाई निलम्बन गर्न उच्च अदालतमा अपिल गरेका थिए ।
सोमबार सोही याचिकामा फैसला सुनाउने क्रममा इस्लामावाद हाईकोर्टको मुख्य न्यायाधीश आमिर फारुक र न्यायमूर्ति मियाँ गुल हसन औरंगजेबको दुई सदस्यीय डिभिजन बेन्चले सजाय निलम्बित गरेको हो । आफ्नो आदेशमा एकाउन्टेबिलिटी अदालतले इमरान खान र उनकी श्रीमतीलाई १० वर्षको जेल सजाय र जरिवाना दिएको थियो भने आगामी १० वर्षका लागि सार्वजनिक पदमा रहन पनि अयोग्य घोषित गरेको थियो ।
एकाउन्टेबिलिटी अदालतले यस मुद्दामा आफ्नो फैसला दिन हतार गरेको इमरान खानका वकिलले हाईकोर्टमा तर्क दिएका थिए । अदालतबाट तोशाखाना मुद्दामा राहत पाए पनि इमरान खान अहिले जेलबाट बाहिर आउन सक्ने छैनन् । उनीमाथि दायर अन्य धेरै मुद्दा अझै विचाराधीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण