बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

बुधबार, २१ चैत २०८०, १३ : १९
बुधबार, २१ चैत २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने बताइन् । 

उनले भनिन्– ‘उत्तरपुस्तिका हराएको विषयमा मैले त्रिविको उपकुलपतिसँग पनि कुरा गरेको छु । त्यो विषयमा एउटा छानबिन समिति बनेको छ । समितिले छानबिन गर्दैछ । त्रिविको दुइटा ऐनमा टेकेर त्यसमा कारबाही गर्न पनि सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप