अन्ततः मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका उनी पार्टीभित्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि राजीनामा दिन तयार भएका हुन् ।
नेकपा माओवादी कर्णाली प्रदेश प्रदेश इन्चार्ज कालीबहादुर मल्लले शर्मा राजीनामा दिन तयार भएको रातोपाटीलाई बताए । उनले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने या त्यसअघि नै दिनेबारे भने केहीबेरमा टुंगो लाग्ने उनको भनाइ छ । बुधबार नै ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।
केन्द्रमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएपनि मुख्यमन्त्रीसहितका केही नेताहरूले एमालेलाई नेतृत्व हस्तान्तरण गर्न आनाकानी गर्दै आएका थिए । पार्टीभित्रै निर्णय कार्यान्वयन हुन समस्या भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता महेन्द्र बहादुर शाहीलगायतका नेतालाई सुर्खेत पठाएका थिए भने मंगलबार र बुधबार निरन्तर सहमतिको प्रयास गरेका थिए । सहमतिअनुसार पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासमिति बैठकबाट पारित प्रतिवेदन व्यापक हेरफेरको तयारीमा कांग्रेस
-
४८ उपसचिवको सरुवा : को कहाँ पुगे ?
-
मुलुकलाई अहिलेको स्थितिबाट उठाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य : मन्त्री तामाङ
-
जसपा र लोसपालाई किन निम्ता दिएन भाजपाले ?
-
विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन
-
अन्तिम खेलअघि नै शृङ्खला जित्यो वेस्ट इन्डिजले, नेपाल २८ रनले पराजित