मुख्यमन्त्रीबाट राजीनामा दिने चौधरीको तयारी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने भएका हुन् ।
मुख्यमन्त्री चौधरीले आज दिउँसो ४ बजे संसद्मा विश्वासको मत लिने कार्यसूची थियो । त्यसका लागि उनले अन्य दलहरूसँग सहकार्य गरेर विश्वासको मत लिने तयारी गरे पनि जसपा नेपाल लगायतका दलहरूले विश्वासको मत नदिने भएपछि राजीनामा दिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री चौधरीले रातोपाटीसँग भने, ‘छलफलमा छु तर राजीनामा दिनुपर्ने हुन्छ होला । गठबन्धनका कारण बहुमत नपुग्ने भएपछि साथीहरूबाट पनि राजीनामा दिनुपर्ने आवाज आएको छ, सायद त्यस्तै हुन्छ होला ।’
उनले प्रदेशसभा बैठकमा विश्वास मतको प्रस्ताव नराखी सिधै सम्बोधन गरेर राजीनामा दिने बुझिएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ।
यहाँ कांग्रेसका २७ सांसद छन्। कांग्रेसले अन्य दलहरूसँग संवाद गरेको भएपनि विश्वासकाे मत पाउनका लागि आवश्यक सांसद सङ्ख्या अपुग हुने भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन्।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र एक स्वतन्त्र सांसद छन् ।
सत्ता गठबन्धनले लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरिसकेको छ। माओवादी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीका लागि उम्मेदवार छन् । रोल्पाबाट निर्वाचित महराले गठबन्धनको निर्णयअनुसार आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण