भारतमा कारखाना खोल्न जग्गा खोज्दै टेस्ला
नयाँ दिल्ली । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले भारतमा विद्युतीय सवारी साधन बनाउने कारखानाका लागि जग्गा खोजिरहेको छ । कम्पनीले ३ अर्ब डलरसम्मको रकम खर्चेर कारखाना बनाउन लागिरहेको छ । फाइनान्सियल टाइम्समा छापिएको समाचारका अनुसार कारखाना २ देखि ३ अर्ब डलरसम्मको हुनेछ ।
कारखानाका लागि कम्पनीले महाराष्ट्र, गुजरात र तमिल नाडुलाई बढी ध्यान दिइरहेको खबरमा भनिएको छ । यस विषयमा सीएनबीसीले राखेको जिज्ञासामा कम्पनीले तत्कालै प्रतिक्रिया नदिएको बताइएको छ । भारतले गएको महिना ५० करोड डलरसम्म लगानी गरेर तीन वर्षभित्र घरेलु स्तरमा ईभी बनाउन इच्छुक अटो निर्माता कम्पनीका लागि निश्चित खालका ईभीमा आयात महसुल घटाएको थियो ।
जुनमा मोदी र टेस्लाका सीईओ एलन मस्कबीच भेटवार्ता भएको थियो । त्यतिबेला ईभीमा लगानीको अवसरहरु अन्वेषण गर्न मोदीले मस्कलाई भारत आउने निम्तो दिएका थिए । पछिल्लो समय टेस्लाले विश्वभर आफ्नो लगानी बढाइरहेको छ । आयातित कार र पार्ट्समा उच्च करका कारण मस्क भारतमा आउन मानिरहेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण