भारतमा कारखाना खोल्न जग्गा खोज्दै टेस्ला

नयाँ दिल्ली । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले भारतमा विद्युतीय सवारी साधन बनाउने कारखानाका लागि जग्गा खोजिरहेको छ । कम्पनीले ३ अर्ब डलरसम्मको रकम खर्चेर कारखाना बनाउन लागिरहेको छ । फाइनान्सियल टाइम्समा छापिएको समाचारका अनुसार कारखाना २ देखि ३ अर्ब डलरसम्मको हुनेछ ।
कारखानाका लागि कम्पनीले महाराष्ट्र, गुजरात र तमिल नाडुलाई बढी ध्यान दिइरहेको खबरमा भनिएको छ । यस विषयमा सीएनबीसीले राखेको जिज्ञासामा कम्पनीले तत्कालै प्रतिक्रिया नदिएको बताइएको छ । भारतले गएको महिना ५० करोड डलरसम्म लगानी गरेर तीन वर्षभित्र घरेलु स्तरमा ईभी बनाउन इच्छुक अटो निर्माता कम्पनीका लागि निश्चित खालका ईभीमा आयात महसुल घटाएको थियो ।
जुनमा मोदी र टेस्लाका सीईओ एलन मस्कबीच भेटवार्ता भएको थियो । त्यतिबेला ईभीमा लगानीको अवसरहरु अन्वेषण गर्न मोदीले मस्कलाई भारत आउने निम्तो दिएका थिए । पछिल्लो समय टेस्लाले विश्वभर आफ्नो लगानी बढाइरहेको छ । आयातित कार र पार्ट्समा उच्च करका कारण मस्क भारतमा आउन मानिरहेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन