सत्ता राजनीति
सच्चियो पत्र, जेठ ११ मा प्रदेशसभाको नियमित अधिवेशन आह्वान गर्न पत्राचार
सोमबार, २६ चैत २०८०, १६ : ४६
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष पत्राचार गरेका छन् । मुख्यमन्त्रीले २०८१ जेठ ११ गते प्रदेशसभाको नियमित बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पत्राचार गरेका हुन् ।
यसअघि प्रदेश प्रमुख कार्यालयले मिति गल्ती रहेको पाइएपछि पत्र फिर्ता पठाएकामा पुनः सच्याएर पठाएसँगै दर्ता गरिएको हो । पहिलो पत्र प्रदेश प्रमुखले खोलेर हेर्दा पुरानो मिति राखेको पाइएपछि पत्र नमिलेको भन्दै फिर्ता फिर्ता भएको थियो ।
यसैबीच नयाँ समीकरणमा रहेका एमाले र माओवादीलगायतका दलहरुले भने विशेष अधिवेशन आह्वानका लागि आग्रह गरिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् । कोशीमा एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण