नयाँ कृषि सहकारीका थप दुईजना पक्राउ
मङ्गलबार, २७ चैत २०८०, १८ : ४८
काठमाडौँ । काठमाडौँस्थित नयाँ कृषि सहकारीका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष लिलाबहादुर गुरुङ र कोषाध्यक्ष नविन अछामी छन् । सीआईबीले चैत १८ मा कोषाध्यक्ष रामअघि अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
उनीविरुद्ध सहकारीको रकम हिनामिना गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । नयाँ कृषिको सञ्चालक समितिका सदस्य दुर्गा चापागाईं बुटवलमा थुनामा छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई सीआईबीले काठमाडौँमा झिकाएर बयान लिएको छ । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो ।
कृषि सहकारीको सञ्चालक समिति सदस्य जीबी (गितेन्द्रबाबु) राईसहित दुईजना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण