राप्रपाको जनप्रदर्शनमा राज्यले बल प्रयोग गरेको भन्दै कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ गरेको जनप्रदर्शनमा राज्यको तर्फबाट बल प्रयोग गरेको भन्दै दुःख व्यक्त गरेको छ ।
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागीहरूलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरी गम्भीर घाइते बनाइएको, केहीलाई पक्राउ गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
घटनाको घोरनिन्दा र भर्त्सना गर्दै घाइतेहरूको उपचार गर्न र पक्राउ गरिएकाहरूको बिनासर्त तत्काल रिहाइ गर्न कांग्रेसले माग गरेको छ ।
राप्रपाले मंगलबार काठमाडौँमा प्रदर्शन गरेको थियो । संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित सङ्घीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता प्रक्रिया तत्काल अघि नबढ्ने
-
प्रिमियर लिग : उपाधि विजेता लिभरपुल चेल्सीसँग हार्यो
-
सोमबार कुन राशिका लागि शुभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
तीनवटा मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आत्मनिर्भर बन्दै मुक्त कमैया महिला