रुपन्देहीमा चार लाख मूल्य बराबरको अवैध सामान बरामद

बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण रुपन्देहीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बिओपी मझगाँवा, रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरको कमान्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका–६ स्थित दुर्गाालियाबाट अवैध सामान बरामद गरेको हो । अन्दाजी १ लाख ५२ हजार ३ सय २० रुपैयाँ बराबरको चिनी ६ सय केजी, प्याज २०२३ केजी र मटर दाल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी दुर्गाबहादुर थापाको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले विभिन्न स्थानबाट अन्दाजी मूल्य २ लाख २९ हजार ९ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ। ती समानहरू प्रहरीले भन्सार भैरहवा कार्यालय, पठाएको जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म