रुपन्देहीमा चार लाख मूल्य बराबरको अवैध सामान बरामद
बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण रुपन्देहीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बिओपी मझगाँवा, रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरको कमान्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका–६ स्थित दुर्गाालियाबाट अवैध सामान बरामद गरेको हो । अन्दाजी १ लाख ५२ हजार ३ सय २० रुपैयाँ बराबरको चिनी ६ सय केजी, प्याज २०२३ केजी र मटर दाल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी दुर्गाबहादुर थापाको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले विभिन्न स्थानबाट अन्दाजी मूल्य २ लाख २९ हजार ९ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ। ती समानहरू प्रहरीले भन्सार भैरहवा कार्यालय, पठाएको जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण