चलचित्र कलाकार संघले ‘फान अवार्ड’ गर्ने
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले ‘तेस्रो फान अवार्ड’को आयोजना गर्ने भएको छ । यसका लागि तयारी तीव्र रूपमा अगाडि बढाइएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए । सविनका अनुसार, यो वर्ष अझै सभ्य र भव्य रूपमा अवार्ड आयोजना गरिनेछ ।
कलाकार संघले वि.सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, कोभिड महामारीका कारण अवार्डलाई निरन्तरता दिन सकेको थिएन । तर, अब निरन्तर रूपमा ‘फान अवार्ड’ आयोजना हुने संघले बताएको छ ।
कलाकार संघले वि.सं २०७९ र २०८० सालमा रिलिज भएका फिल्महरूलाई यो वर्ष अवार्ड दिनेछ । दुई वर्षको छुट्टाछुट्टै अवार्ड विभिन्न विधामा प्रदान गर्ने तयारी संघको छ । यसका लागि केही दिनमै आवेदन फाराम खोल्ने तयारी समेत संघको छ ।
संघले यो वर्ष आयोजना हुने भव्य कार्यक्रमले उत्कृष्टताको उत्सव, नेपाली फिल्म, फिल्मीकर्मी, कलाकारहरूको अथक प्रयासलाई उच्च मूल्याङ्कन गर्दै नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने विश्वास पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण