सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेस, आजै शपथको तयारी
काठमाडौँ । लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको एमाले प्रदेश सांसद नरेश शाहीले जानकारी दिए ।
सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका हुन् । यद्यपि नाउपाका सातै जना सांसदको समर्थन रहेको समर्थनपत्रमा उल्लेख छ ।
सुदूरपश्चिममा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका १० र नाउपाका सात सांसद रहेका छन् ।
यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन दाबी पेस गर्न भन्दै आज ५ बजेसम्मको समय दिएका थिए ।
सोडारीले आजै शपथ लिने तयारी रहेको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण