बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

नाउपाभित्रको कलहका बिच कैलाश चौधरी कसरी बने भौतिक मन्त्री ?

शुक्रबार, ०७ वैशाख २०८१, १६ : ००
शुक्रबार, ०७ वैशाख २०८१

धनगढी । नागरिक उन्मुक्ति पार्टीभित्रको लामो किचलोका बिच कैलाश चौधरी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

आन्तरिक कलहकै कारण प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाट उनीसहित दुई जनाले मुख्यमन्त्रीका लागि गरेको दाबी अस्वीकृत गरेपछि कैलाश अन्ततः भौतिक पूर्वाधार विकास मन्त्रीमा चित्त बुझाउन बाध्य भएका छन् ।

एकै दल (नाउपा)बाट कैलाश चौधरी (रञ्जिता पक्ष) र लक्ष्मणकिशोर चौधरी (रेशम पक्ष)ले फरक–फरक दलको समर्थनमा वैशाख २ गते मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर प्रदेश प्रमुखले दुई वटै दाबी रद्द गरिदिए ।

फागुन २१ यता नाउपामा आन्तरिक सङ्घर्ष

फागुन २१ गते माओवादी केन्द्र, एमालेसहित दलको नयाँ सत्ता समीकरण बनेपछि सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गरे ।

नाउपालाई काखी च्यापेका शाहले नाउपाकै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाशलाई बर्खास्त गरे । गत फागुन २५ गते बर्खास्तीमा परेका उनै कैलाश एक महिनापछि भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका हुन् ।

राज्यमन्त्रीबाट हटाइँदा उनले न आफ्नै पार्टीको संसदीय दलबाट कुनै सुइँको पाए, न त मुख्यमन्त्री कार्यालयबाट । आफ्नो पद गएको जानकारी समाचार पढेर थाहा पाएको उनले बताएका थिए ।

निवर्तमान मुख्यमन्त्री शाहले बर्खास्तीमा परेका माओवादी र समाजवादीका मन्त्रीहरूको ठाउँमा नाउपाकै घनश्याम चौधरीलाई आर्थिक मामिला, खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका थिए । कैलाशको ठाउँमा इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइयो । उनै राज्यमन्त्री गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले एक महिनाकै अवधिमा राज्यमन्त्री मात्र नभइ सांसदबाटै पद मुक्त गराउने प्रयास गरिन् । तर उनको प्रयास सर्वोच्च अदालतले विफल बनाइदियो ।

सभामुख भीम बहादुर भण्डारीले चैत २६ गते सांसद गिरीलाई पदमुक्त भएको सूचना टाँसेका थिए । नाउपाको विवादपछि रेशमको पक्षमा उभिएको भन्दै नाउपा अध्यक्ष श्रेष्ठले चैत २१ गते गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा पठाएपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका थिए ।

कैलाशमाथि चुनौतीका चाङ

कैलाश चौधरी मन्त्री हुँदै गर्दा उनकै पार्टीका ५ जना सांसद भने एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा आफूहरूको समर्थन नरहेको जिकिर गर्दै आएका छन् । उनीहरूले प्रदेश प्रमुखलाई विरोधको पत्र पनि बुझाए ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले आफू दलको नेता रहेको दाबी गर्दै आएका छन् । कैलाशले आफ्ना बहुमत सहयात्रीसँगको बेमेललाई आगामी दिनमा कसरी फेस गर्दछन्, त्यो भने हेर्न बाँकी नै छ ।

उनीहरूले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टीका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको दाबी गरेका छन् ।

उनीहरूले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् । उनीहरू पाँचै जना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले आफू दलको नेता रहेको दाबी गर्दै आएका छन् । कैलाशले आफ्ना बहुमत सहयात्रीसँगको बेमेललाई आगामी दिनमा कसरी फेस गर्दछन्, त्यो भने हेर्न बाँकी नै छ ।

को हुन् कैलाश चौधरी ?

कैलालीको भजनी नगरपालिका ६ महादिउलीका ३८ वर्षीय सांसद कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (क)बाट निर्वाचित भएका हुन् । उनी प्रदेश सभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज विनाडीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । चौधरीले १५ हजार १०१ भोट ल्याउँदा विनाडी १० हजार ३०० मतमा सीमित भए ।

स्नातक तहसम्मको औपचारिक शिक्षा पूरा गरेका चौधरीसँग ८ वर्ष शिक्षण पेसामा रहेको अनुभव छ । उनी कालिकोट जिल्लाको साविक नानीकोट गाविसस्थित पंगेली मावि नुवाघरमा मावि शिक्षक भइ २०६४ देखि शिक्षण पेसामा आवद्ध रहे ।

२०७४ को प्रदेश सभा निर्वाचनमा कैलाली १ (क)बाट कृष्णबहादुर चौधरी निर्वाचित भए । रेशमको प्रिय पात्र बनेका कैलाश उनै कृष्णबहारको स्वकीय भइ केही समय काम गरे । तर उनलाई कृष्णबहादुरले केही समयमै हटाएर आफन्तलाई स्वकीयको जिम्मेवारी दिए ।

तर शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणका कारण शिक्षकबाट राजीनामा दिएको उनी बताउँछन् । उनी २०७२ देखि सक्रिय राजनीतिमा आएका हुन् । पहिचानको आन्दोलनबाट उनले राजनीतिक यात्रा सुरु गरेका हुन् ।

०७४ को निर्वाचनमा रेशमको सम्पर्कमा आएका कैलाश रेशमलाल चौधरीको सहयोगी भइ त्यसताका राजपाबाट रेशमलाललाई जिताउनमा लागिपरेका थिए । त्यहीबेला उनीसँग रेशम निकै प्रभावित भए ।

२०७४ को प्रदेश सभा निर्वाचनमा कैलाली १ (क)बाट कृष्णबहादुर चौधरी निर्वाचित भए । रेशमको प्रिय पात्र बनेका कैलाश उनै कृष्णबहारको स्वकीय भइ केही समय काम गरे । तर उनलाई कृष्णबहादुरले केही समयमै हटाएर आफन्तलाई स्वकीयको जिम्मेवारी दिए ।

त्यसपछि केही समय गैरसरकारी संस्थामा जागिरको खोजीमा समेत लागे उनी । तर एक जना आफन्तले राजनीतिमा तिम्रो क्रेज छ भनी सुझाएपछि उनी पुनः राजनीतितर्फ केन्द्रित भए । २०७९ को निर्वाचनमा उनले जित हासिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप