दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनलाई रुपन्देही अदालतले ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार अदालतले यस्तो आदेश दिएपनि दीपेश भने कारागार चलान भएका छन् ।
माओवादी नेता एवं पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश अदालतले मागेको ४ लाख रुपैयाँ जुटाउन नसक्दा कारागार चलान भएका हुन् l
दीपेशका साथी एवं पूर्व उपराष्ट्रपति पुनका पूर्वप्रेस सल्लाहकार मनोज घर्ती मगरले शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत चार लाख धरौटी रकम तिर्न नसक्दा कारागार तर्फ बिदा गरेको जनाउँदै कसैले पत्याएमा ऋण लिएर धरौटी बुझाएर कारागारबाट निकाल्ने बताएका छन् ।
दीपेशका दाजु जितेन्द्रमाथि सुन तस्करीको अभियोग लागेको छ भने उनीमाथि सुप्रिम सहकारी ठगी यो अभियोग छ ।
मनोजले यस्तो लखेका छन्:
मेरो बाल्यकालको साथी, नाताले जेठान, जनक्रान्तिका सहयोद्धा दीपेश पुनलाई हामीले रुपन्देही जिल्ला अदालतबाट कारागारतर्फ बिदा गर्यौँ । उहाँलाई सुप्रिप सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले चार लाख धरौटी माग गर्यो । हामीले उक्त रकम जुटाउन सकेनौँ । आरोप अर्ब ठगी, धरौटी माग चार लाख, हामी त्यो पनि तिर्न सकेनौँ । एक साथी, आफन्तको नाताले पश्चात्ताप पनि लागिरहेको छ । कसैले पत्याए भने हामी ऋण, सापट गरेर धरौटी बुझाउने छौँ । र, खुल्ला आकाशमा स्वागत गर्नेछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण