नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा मतदान नगर्ने भएको छ । पार्टीको सचिवालय बैठकले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने निर्णय गरेको हो ।
नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम–२ मा भने पहिचानवादी उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।
सचिवालय बैठकले वैशाख देखि भाद्रसम्म पार्टी महाधिवेशन तयारीका लागि सङ्गठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी देश र जनताका जल्दाबल्दा सवालहरूलाई लिएर सङ्घ, प्रदेश र स्थानीय तहसम्म व्यापक अभियानहरू सञ्चालन गर्ने र यसका लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनाम सिं स्याङतान र मानुषी यमि भट्टराई रहने गरी राजनीतिक संवाद समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति
-
१२ पटक विज्ञापन गर्दा पनि आएनन् विज्ञान शिक्षक !
-
प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय
-
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री