नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा मतदान नगर्ने भएको छ । पार्टीको सचिवालय बैठकले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने निर्णय गरेको हो ।
नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम–२ मा भने पहिचानवादी उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।
सचिवालय बैठकले वैशाख देखि भाद्रसम्म पार्टी महाधिवेशन तयारीका लागि सङ्गठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी देश र जनताका जल्दाबल्दा सवालहरूलाई लिएर सङ्घ, प्रदेश र स्थानीय तहसम्म व्यापक अभियानहरू सञ्चालन गर्ने र यसका लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनाम सिं स्याङतान र मानुषी यमि भट्टराई रहने गरी राजनीतिक संवाद समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण