आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय क्रिकेट : बागमतीले लुम्बिनी प्रदेशलाई २५ रनले हरायो

सोमबार, १० वैशाख २०८१, १७ : ५०
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको सोमबार सम्पन्न दोस्रो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई २५ रनले हराएको छ ।

काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको उक्त खेलमा टस जिती पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रनमात्र बनाउन सक्यो । लुम्बिनीका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

बागमतीका लागि कप्तान रित गौतमले अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान रितले ५६ रन बनाए । उनले ४३ बलमा ६ वटा चौका पनि प्रहार गरे । उनी म्यान अफ दि म्याद्ध पनि घोषित भए ।

रामनरेश गिरीले पनि टोलीका लागि अविजित २८ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल १२ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए ।

लुम्बिनी प्रदेशका बलर नर सार्की एक्लैले चार विकेट लिए । उनले तीन ओभरमा केवल २३ रन खर्चिएका थिए । देव खनालले पनि दुई विकेट हात पारे । अभिषेक गौतमले एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ३८ रन बनाए । सुनिल भण्डारीले पनि टोलीको खातामा ३४ रन थपे । ओपनर ब्याट्सम्यानले भने निराशाजनक प्रदर्शन गरे ।

कप्तान देव खनाल खाता खोल्नुअघि नै पेभेलियन फर्किए । अर्का ओपनर मृनाल गुरुङ पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । नर सार्कीले टोलीको खातामा १४ रन थपेका थिए ।

बागमती प्रदेशका बलर रिजन ढकालले तीन विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चिए । सुभ कंसाकार, ईशान पाण्डे, सुवाष खत्री, गौतम केसी र रामनरेश गिरीले पनि एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप