शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल क्रिकेट

आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई

मङ्गलबार, ११ वैशाख २०८१, ११ : ३५
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७औँ संस्करणमा मंगलबार चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ३९औँ खेल हो । जारी सिजनको आईपीएलमा चेन्नई र लुखनउ समान स्तरको टोलीका रुपमा देखिएका छन् । यी दुबै टोलीले यो सिजनको आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेका हुन् ।

चेन्नईले यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । चेन्नई आठ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । लखनउले पनि यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

लखनउ आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । चेन्नईसँग समान अंक भए पनि लखनउ नेट रन रेटमा पछाडि परेको हो । आईपीएलको १७औँ संस्करणमा यी दुबै टोलको अगाडि बढ्ने सम्भावना बलियो देखिन्छ ।

चेन्नई सुपर किङ्स आईपीएलको इतिहासमा सर्वाधिक सफल टोलीमध्ये एक हो । चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँच पटक आईपीएलको उपाधि जित्न सकेको छ ।

दुई टोलीबिच सिजनको दोस्रो खेल

जारी सिजनको इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि घरेलु मैदानमा खेलिएको खेलमा लखनउले चेन्नईलाई आठ विकेटले हराएको थियो ।

हेड टु हेडमा लखनउ अगाडि

चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबिच हालसम्म आईपीएलमा कुल चार खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा लखनउले चेन्नईलाई हराएको छ । एक खेलमा भने चेन्नईले लखनउलाई पराजित गरेको छ । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

चेन्नईको सर्वाधिक विकेट मुस्तफिजुरको नाममा

जारी सिजनको आईपीएलमा चेन्नई सुपर किङ्सका लागि दुई बलर मुस्तफिजुर रहमान र मथिसा पाथिरानाले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । मुस्तफिजुर चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले हालसम्म ६ खेल खेल्दै ११ विकेट लिइसकेका छन् ।

पाथिरानाले पनि चार खेल खेल्दै नौ विकेट हात पारेका छन् । यो सिजन चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने अलराउन्डर शिवम दुबे हुन् । उनले टोलीका लागि सात खेलमा कुल दुई सय ४५ रन बनाइसकेका छन् । कप्तान ऋतुराज गायकवाडले पनि कुल दुई सय ४१ रन बनाएका छन् ।

लखनउको सर्वाधिक रन केएल राहुलको नाममा

इन्डियन प्रिमियर लिगको यो सिजनमा लखनउ सुपर जाइन्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान केएल राहुल हुन् । उनले टोलीका लागि हालसम्म सात खेल खेल्दै कुल दुई सय ८६ रन बनाइसकेका छन् ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा निकोलस पुरन दोस्रो स्थानमा छन् । उनले सात खेलमा दुई सय ४६ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने यश ठाकुर हुन् । उनले ६ खेलमा आठ विकेट लिएका छन् । दोस्रो स्थानमा रहेका मोहसिन खानले चार खेलमा ६ विकेट लिएका छन् ।

स्पिनरलाई साथ दिने पिच

चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबिचको खेल एमए चिदम्बरम स्टेडियममा हुँदैछ । उक्त स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । उक्त स्टेडियमको पिचमा रन बनाउन ब्याट्सम्यानले ठुलै सँघर्ष गर्नुपर्ने हुन्छ ।

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ७९ रन खेलिएको छ । त्यसमध्ये ४७ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । ३२ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा हालसम्म बनेको िउच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । उक्त स्कोर सन् २०१० को आईपीएलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।

छैन वर्षाको सम्भावना

लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच खेल हुने दिन मंगलबार चेन्नईमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार चेन्नईको तापक्रम २९ देखि ३५ डिग्री सेल्सियको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिनक्या रहाणे, मोइन अली, शिवम दुबे, समिर रिजवी, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), शार्दुल ठाकुर, मुस्तफिजुर रहमान र तुषार देशपाण्डे । इम्प्याक्ट प्लेयर : मथिशा पाथिराना ।

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, दीपक हुड्डा, मार्कस स्टोइनिस, निकोलस पुरन, आयुष बडोनी, कुणाल पाण्ड्या, रवि बिस्नोई, यश ठाकुर, शामर जोसेफ वा नविन उल हक र मोहसिन खान । इम्प्याक्ट प्लेयर : प्रेरक मांकड र एम. सिद्धार्थ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप