शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?

बिहीबार, १३ वैशाख २०८१, ११ : ३३
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ बुधबार प्रिमियर भएको छ । सिभिल मलस्थित क्युएफएक्स हलमा आयोजित प्रिमियरमा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता निर्देशक अशोक शर्मा, अभिनेत्री स्वस्तिमा खड्का, बेनिशा हमाल, रीमा विश्वकर्मा, निशा अधिकारी, गौरी मल्ल, निर्देशक ज्ञानेन्द्र देउजालगायत थुप्रै फिल्मकर्मी र रंगपत्रकारको उपस्थिति थियो ।

प्रिमियरमा सहभागी धेरैले फिल्म फरक र राम्रो बताउँदा केहीले भने ठिकै रहेको धारणा राखे । फिल्म हेरेपछि अभिनेत्री स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको काम आफूलाई मन परेको बताइन् । फिल्मले समाजको चेतना कस्तो छ भन्ने कुरा देखाएको उनको भनाई थियो ।

boksiko-ghar11

निर्देशक तथा निर्माता अशोक शर्माले फिल्मको कथा फरक रहेको भन्दै दर्शकले यस्ता कथा स्वीकार गर्न आवश्यक रहेको धारणा राखे । अभिनेत्री बेनिशा हमालले फिल्म र कथा वस्तु दुवै मन परेको बताउँदा अभिनेत्री रिमा विश्वकर्मा, निर्देशक ज्ञानेन्द्र देउजाले पनि फिल्म राम्रो रहेको प्रतिक्रिया दिए ।

सुलक्षण भारतीको निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ अभिनेत्री केकी अधिकारीले निर्माण गरेको हो । केकीकै बुबा बद्री अधिकारी निर्माता रहेको फिल्म महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको छ । 

फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय देख्न सकिन्छ । शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्म टिफल्क फिल्मस्ले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप