‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ बुधबार प्रिमियर भएको छ । सिभिल मलस्थित क्युएफएक्स हलमा आयोजित प्रिमियरमा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता निर्देशक अशोक शर्मा, अभिनेत्री स्वस्तिमा खड्का, बेनिशा हमाल, रीमा विश्वकर्मा, निशा अधिकारी, गौरी मल्ल, निर्देशक ज्ञानेन्द्र देउजालगायत थुप्रै फिल्मकर्मी र रंगपत्रकारको उपस्थिति थियो ।
प्रिमियरमा सहभागी धेरैले फिल्म फरक र राम्रो बताउँदा केहीले भने ठिकै रहेको धारणा राखे । फिल्म हेरेपछि अभिनेत्री स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको काम आफूलाई मन परेको बताइन् । फिल्मले समाजको चेतना कस्तो छ भन्ने कुरा देखाएको उनको भनाई थियो ।

निर्देशक तथा निर्माता अशोक शर्माले फिल्मको कथा फरक रहेको भन्दै दर्शकले यस्ता कथा स्वीकार गर्न आवश्यक रहेको धारणा राखे । अभिनेत्री बेनिशा हमालले फिल्म र कथा वस्तु दुवै मन परेको बताउँदा अभिनेत्री रिमा विश्वकर्मा, निर्देशक ज्ञानेन्द्र देउजाले पनि फिल्म राम्रो रहेको प्रतिक्रिया दिए ।
सुलक्षण भारतीको निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ अभिनेत्री केकी अधिकारीले निर्माण गरेको हो । केकीकै बुबा बद्री अधिकारी निर्माता रहेको फिल्म महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको छ ।
फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय देख्न सकिन्छ । शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्म टिफल्क फिल्मस्ले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण