उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
काठमाडौँ । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता (डीआईजी) भीमप्रसाद ढकालले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा हुने प्रदेशसभाको उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ । उपनिर्वाचनमा १ हजार २४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको डीआईजी ढकालले जानकारी दिए । निर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालिन हुनेछन् ।
इलाममा १ हजार ३६३ जना र बझाङमा १ हजार २४ जना प्रहरी परिचालिन गरिने डीआईजी ढकालले बताए । ४२ वटा मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ । इलाममा १९ र बझाङमा २३ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको हो । मतदानस्थलमा ६९ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् ।
अति संवेदनशील मतदानस्थलमा १२ देखि १७ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । पाँचवटा परिस्थित आएमा बल प्रयोग गर्न निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई अनुमति दिइएको छ । मतदान केन्द्रमा हिंसात्मक गतिविधि हुने पूर्वसूचना पाएमा, झगडा भएर मतपेटिका तहसनहस हुने अवस्थामा आएमा, मतदान केन्द्रमा सशस्त्र आक्रमण हुने अवस्था आएमा प्रहरी कर्मचारीले बल प्रयोग गर्न सक्नेछन् ।
मतदाताहरुलाई कसैले मतदान गर्न जान नदिए पनि बल प्रयोग गर्न अनुमति दिइएको डीआईजी ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण