आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना

अति संवेदनशील मतदानस्थलमा १७ जनासम्म प्रहरी परिचालन गरिँदै
बिहीबार, १३ वैशाख २०८१, २१ : ४५
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता (डीआईजी) भीमप्रसाद ढकालले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा हुने प्रदेशसभाको उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ । उपनिर्वाचनमा १ हजार २४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको डीआईजी ढकालले जानकारी दिए । निर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालिन हुनेछन् ।

इलाममा १ हजार ३६३ जना र बझाङमा १ हजार २४ जना प्रहरी परिचालिन गरिने डीआईजी ढकालले बताए । ४२ वटा मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ । इलाममा १९ र बझाङमा २३ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको हो । मतदानस्थलमा ६९ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् ।

अति संवेदनशील मतदानस्थलमा १२ देखि १७ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । पाँचवटा परिस्थित आएमा बल प्रयोग गर्न निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई अनुमति दिइएको छ । मतदान केन्द्रमा हिंसात्मक गतिविधि हुने पूर्वसूचना पाएमा, झगडा भएर मतपेटिका तहसनहस हुने अवस्थामा आएमा, मतदान केन्द्रमा सशस्त्र आक्रमण हुने अवस्था आएमा प्रहरी कर्मचारीले बल प्रयोग गर्न सक्नेछन् ।

मतदाताहरुलाई कसैले मतदान गर्न जान नदिए पनि बल प्रयोग गर्न अनुमति दिइएको डीआईजी ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप