आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबिच छुट सम्झौता

मङ्गलबार, २५ वैशाख २०८१, ११ : ५३
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ललितपुरको सातदोबाटोस्थित स्वस्तिक हेल्थ केयर सेन्टरको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट हुने भएको छ । यस सम्बन्धमा दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बिच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप