मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

केजरीवालले अदालतबाट पाए राहत, १ जुनसम्मका लागि अन्तरिम जमानत

शुक्रबार, २८ वैशाख २०८१, १४ : ५२
शुक्रबार, २८ वैशाख २०८१

नयाँ दिल्ली । चुनावी प्रचारप्रसार तीव्र भइरहँदा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अदालतले केही राहत दिएको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार अन्तरिम जमानतको याचिकामा केजरीवालको पक्षमा फैसला गरेको हो । 

फैसला सुनाउँदै अदालतले एक जुनसम्मको लागि उनलाई अन्तरिम जमानत दिएको छ ।

जाँच एजेन्सी प्रवर्तन निदेशालय (ईडी)ले अरबिन्द केजरीवालको जमानत याचिकाको विरोध गरेको थियो । ईडीले चार्ज शिट दर्ता गराउँदै केजरीवाल र उनको पार्टी आम आदमी दल (आप)लाई घेर्ने योजना बनाएको थियो । ईडीले रक्सी घोटालाका मुख्य अभियुक्त नै केजरीवाल भएको बताएको छ ।

रक्सी घोटालामा ईडीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेको छ । केही समय अघि सञ्ज सिंहलाई पनि जमानत दिइएको थियो । के कविताको जमानत मामिलामा सर्वोच्च अदालतले इडीलाई नोटिस जारी गर्दै २ हप्तामा जवाफ दिन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप