केजरीवालले अदालतबाट पाए राहत, १ जुनसम्मका लागि अन्तरिम जमानत
शुक्रबार, २८ वैशाख २०८१, १४ : ५२
नयाँ दिल्ली । चुनावी प्रचारप्रसार तीव्र भइरहँदा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अदालतले केही राहत दिएको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार अन्तरिम जमानतको याचिकामा केजरीवालको पक्षमा फैसला गरेको हो ।
फैसला सुनाउँदै अदालतले एक जुनसम्मको लागि उनलाई अन्तरिम जमानत दिएको छ ।
जाँच एजेन्सी प्रवर्तन निदेशालय (ईडी)ले अरबिन्द केजरीवालको जमानत याचिकाको विरोध गरेको थियो । ईडीले चार्ज शिट दर्ता गराउँदै केजरीवाल र उनको पार्टी आम आदमी दल (आप)लाई घेर्ने योजना बनाएको थियो । ईडीले रक्सी घोटालाका मुख्य अभियुक्त नै केजरीवाल भएको बताएको छ ।
रक्सी घोटालामा ईडीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेको छ । केही समय अघि सञ्ज सिंहलाई पनि जमानत दिइएको थियो । के कविताको जमानत मामिलामा सर्वोच्च अदालतले इडीलाई नोटिस जारी गर्दै २ हप्तामा जवाफ दिन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण