ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
शुक्रबार, २८ वैशाख २०८१, २१ : ४३
नवलपरासी । पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका–५ तरैनीका १३ वर्षीय गोलु (राहित) कँकर रहेका छन् ।
सुस्ता–३ स्थित विगैपको भित्री सडकखण्ड कुडियादेखि रतनगञ्ज जाँदै गरेको लु ३ त २८४ नं.को ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा कँकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । घाइते भएका कँकरलाई उपचारका लागि जिल्लास्थित पृथ्वी चन्द्र अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहराले बताए ।
यसैगरी ट्याक्टर दुर्घटनामा सुस्ता–४ नर्सहीका २१ वर्षीय सुकई मल्लाह गम्भीर घाइते भएका छन् । उनलाई जिल्ला अस्पतालबाट रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण