सभामुख र सरकारको रवैया गलत छ, संसदीय दलको बैठकबाट थप रणनीति तय गर्छौँ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न पार्टीको संसदीय दलको बैठक बोलाइएको बताएका छन् । आज बसेको पदाधिकारी बैठकले सभामुख देवराज घिमिरे र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको उनको भनाइ छ ।
'बैठकमा गतिरोध अन्त्य र अरू विभिन्न विषयहरूको बारेमा छलफल भयो । संसद्मा हिजो सभामुख देवराज घिमिरे र अरू दलहरूसँग पनि छलफल गरेर गतिरोध पनि अन्त्य होस् भन्दा जुन रवैया देखाइयो त्यो गलत छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भन्दै गर्दा जसरी कार्यसूचीमा पेस गरियो, यसले सरकार छानबिन समिति बनाउन नदिने भन्नेमा उद्धत रहेको हाम्रो निष्कर्ष छ' थापाले भने ।
थापाले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न वैशाख ३१ गतेलाई संसदीय दलको बैठक बोलाएको बताए । संसदीय दलको बैठकबाट संसदभित्र आफूलाई कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गरेर अघि बढ्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण