मन्त्री तामाङले दिए २९ औँ पटक सगरमाथा आरोहण गर्ने कामिरितालाई बधाई
सोमबार, ३१ वैशाख २०८१, १३ : ०३
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सगरमाथा आरोहणमा कीर्तिमान राखेका कामिरिता शेर्पालाई बधाई दिएका छन्। आरोही शेर्पाले आइतबार बिहान २९ औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।
उनले सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् । मन्त्री तामाङले सोमबार बिहान करिब १० :२५ बजे सफल आरोहण गरी सगरमाथा आधार शिविरमा आइपुगेका शेर्पासँग भिडियो कलमार्फत कुरा गर्दै सफलताको शुभकामना दिएका हुन्।
कामिरिताले आइतबार बिहान सगरमाथाको चुचुरोमा २९ औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका थिए । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका ५४ वर्षीय कामिरिता शेर्पाले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण