छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
सोमबार, ३१ वैशाख २०८१, १३ : १७
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
- दैलेख, दुल्लु नगरपालिका-६ धाडाको जंगलस्थित सडकमा भस्नेपाटीबाट खड्केगैरातर्फ जाँदै गरेको भे.१ त ८९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुल्लु नगरपालिका-६ खच्चे गैरा बस्ने ५५ वर्षीय मान बहादुर रावलको घटनास्थलमै र गम्भीर घाइते भएका ट्याक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय कमल शाही र ट्याक्टरमा सवार ५६ वर्षीय कमारो रावलको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- सिन्धुपाल्चोक, चौतारा सागाचोक गढी नगरपालिका-८ जलकिनेस्थित सडकमा वनदेउफबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प ९५३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २३ वर्षीया ईन्दिरा अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल र बागमती प्रदेश ०१-००६ ख २७१६ नम्बरको टिपर एक आपसमा क्रस हुने क्रममा साँगुरो बाटो र मोड भएको कारण मोटरसाइकल र टिपरले अचानक ब्रेक लगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- हुम्ला, सिमकोट गाउँपालिका-४ स्याम्ने हुल्दङ खोला भन्ने ठाउँमा सिमकोट बजारतर्फ जाँदै गरेको लु.४ त १४४९ नम्बरको ट्याक्टरबाट खसेर सिमकोट गाउँपालिका-२ बस्ने ५५ वर्षीया नानी बोहराको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- मोरङ, केराबारी गाउँपालिका-५ मदन भण्डारी राजमार्ग बगैँचा चोकमा बा.११ च २९२८ नम्बरको पिकअप भ्यानले प्र.१-०२-००२ ह ९२४४ नम्बरको अटोलाई आइतबार दिउँसो ठक्कर दिँदा अटो चालक केरावारी गाउँपालिका-६ बस्ने ४५ वर्षीय मेख बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण