सन् १९९० यताकै युनाइटेडको खराब सिजन
सोमबार, ०७ जेठ २०८१, ०७ : ०५
लण्डन । प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि २–० को जित हासिल गरेको छ । जितका बाबजुद एरिक टेन हागको टोली आठौँ स्थानमा सीमित बनेको हो ।
युनाइटेड सन् १९८९–९० सिजन यताकै सबैभन्दा तल्लो स्थानमा सिजन अन्त्य गर्न बाध्य बन्यो । उता, खेलमा नियन्त्रण बनाएर गोलका लागि थुप्रै अवसर सिर्जना गरे पनि ब्राइटनले बाहिरिन लागेका म्यानेजर रोबर्टो डी जेर्बीलाई सुखद् बिदाइ गर्न सकेन ।
युनाइटेडले खेलको ७३ औँ मिनेटमा डिओगो डालोटको गोलमा अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी छँदा रासमस होइलन्डले टोलीको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे ।
युनाइटेडले ३८ खेलबाट ६० अङ्क बटुल्दै अङ्क तालिकामा आठौँ स्थानमा रह्यो । ब्राइटनले ४८ अङ्क बटुल्दै ११ औँ स्थानमा सिजन अन्त्य गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण