सरकार छोड्ने निर्णय नगरेको हुनाले विश्वासको मत दियौँः सांसद पाण्डे
_gIl10xylS0.jpg)
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले आफूहरुले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिए भन्ने आफूले बुझ्न नसकेको बताए । उनले प्रधानमन्त्रीले विश्वासको मत पाएपनि प्रतिपक्ष दलहरुको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताए ।
उनले भने, ‘मलाई व्यक्तिगत रुपमा भन्ने हो भने विश्वासको मत यति छिटो लिइ हाल्नुपर्ने परिस्थिति थिएन प्रधानमन्त्रीलाई । किन लिनुभयो भन्नेकुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन । यद्यपी हामी सत्तापक्षकै हौँ । हामीले विश्वासको मत दियौँ पनि ।’
उनले शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?