वीरेन्द्रनगरमा कारको ठक्करबाट एक वृद्धको मृत्यु
बिहीबार, १० जेठ २०८१, ०८ : ५०
सुर्खेत । वीरेन्द्रनगरमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाही रहेका छन्।
प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले उनलाई ठक्कर दिएको थियो ।
शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधन हालसम्म फरार रहेको र खोजी कार्य भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण