ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, १० जेठ २०८१, १० : ४६

काठमाडौँ । ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
३२ वर्षीय यादव सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएर कोटेश्वरमा बस्दै आएका थिए । गए राति करिब ९ बजेर ४० मिनेटमा ग्वार्को चोक स्थित सडक खण्डमा कोटेश्वरबाट सातदोवाटोतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उपचारको लागि बिएण्डबी अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । दुर्घटना गराउने बा.३ ख ६६२१ नम्बरको टिपर टिका भैरवमा फेला पारेको एसएसपी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर