परिवारका सदस्यको अभिनय रहने फिल्म निर्माण गर्दै निखिल
काठमाडौँ । अभिनेता निखिल उप्रेती नयाँ फिल्म निर्माणमा जुटेका छन् । एक्सन स्टारको रूपमा परिचित निखिलले सामाजिक पारिवारिक एक्सनका विषयमा फिल्म निर्माण गर्ने तयारी गरेका हुन् ।
आफूले परिवारका सदस्यलाई समेटेर फिल्म निर्माण गर्ने तयारीमा रहेको उनले बताए । ‘म पहिला मेरो, सञ्चिता र छोराछोरी सबैको अभिनय रहने पारिवारिक फिल्म बनाउँदै छु’, निखिलले रातोपाटीसँग भने–‘अंग्रेजी, हिन्दी र नेपाली गरेर तीन भाषामा यो बन्ने छ ।’ एउटा गजबको कथा भेटेकोले पारिवारिक अभिनय रहने फिल्म बनाउन लागेको उनले सुनाए ।
फिल्मका लागि केही गीत समेत निखिलले रेकर्ड गरिसकेका छन् । ‘फिल्मले आमा र बच्चाको भावनात्मक कथा बोल्ने छ’, निखिलले थपे, ‘कसैले याद गर्न नसकेको कथामा फिल्म गर्दै छु । जुन सबैको जीवनसँग मेल खानेछ ।’
निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा चर्चामा छन् । ‘समबोधी अभियान’ सँग जोडिएका उनले पछिल्लो समय फिल्म ‘भैरव’ बनाएका थिए ।
भैरवपछि ‘पिँजडा ब्याक अगेन’ अभिनय गरेका उनले केही अगाडि ‘भैरव २’ निर्माण घोषणा गरेका थिए । ‘भैरव २’ एक्सन कथामा बन्न लागेको हो । ‘पहिले पारिवारिक कथामा र त्यसपछि एक्सन फिल्म बनाउँछु’, उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण