आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

कलाकार दम्पती जीवन–लक्ष्मीलाई पुत्र लाभ

बिहीबार, १० जेठ २०८१, १९ : ०६
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईलाई पुत्र लाभ भएको छ । लक्ष्मीले ११ औँ दिनमा छोरोको न्वारनपछि पुत्र लाभ भएको जानकारी दिएकी हुन् ।

छोराको नाम ‘यशकृत’ राखिएको छ । अहिले बच्चा र आफू दुवै स्वस्थ रहेको लक्ष्मीले बताइन् ।

वैशाख ३१ गते काठमाडौँ मोडेल अस्पतालमा उनले छोरालाई जन्म दिएकी थिइन् । लक्ष्मी र जीवनले ४ वर्ष लामो प्रेम सम्बन्धलाई २०७५ सालमा विवाहमा परिणत गरेका थिए । दुवै फिल्म अभिनयको अलवा म्युजिक भिडियो  अभिनय र निर्देशन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप