दुई चार जना उटपट्याङ सडकमा आउँदैमा केही फरक पर्दैन : पौडेल
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले दुई चार जना उटपट्याङ मान्छे सडकमा आउँदैमा व्यवस्था परिवर्तनमा केही फरक नपर्ने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा परिवर्तन अभियान नेपालले आइतबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही केही शक्तिहरूले देशमा अराजकता सिर्जना गर्न लागेकोका असन्तुष्टि व्यक्त गरे ।
‘दुई चार जना उटपट्याङ मान्छे सडकमा आउँदैमा केही हुँदैन । अराजकता सिर्जना गर्ने, भाँडभैलो सिर्जना गर्ने काम भए परिवर्तनका लागि लडेका शक्तिहरू कांग्रेस, एमाले र माओवादी एक ठाउँमा आउँछ । नेपालको परिवर्तनको पक्षमा रहेका शक्ति एक ठाउँमा आएमा उटपट्याङ गर्ने खालका शक्तिहरू हाबी हुन सक्दैन’, राजावादी शक्तितर्फ लक्षित गर्दै पौडेलले भने ।
उनले अहिलेको व्यवस्था खराब नभएको भन्दै पौडेलले संविधानको प्रक्रियाबाट आउन सबैलाई छुट दिएको बताए । यो व्यवस्थाले जाति, भाषा, उत्पीडनको अन्त्य हुने गरी राज्यको पुनर्संरचनाको कुरा गरेको उनको भनाइ छ । साथै राजनीतिक नेतृत्वलाई सच्याउनका लागि आ–आफ्ना दलभित्र खबरदारी गर्न उनले आग्रह गरे ।
उनले राजतन्त्रकालको पुरा अवधिभन्दा तुलनात्मकरुपमा गणतन्त्रमा धेरै विकास भएको दाबी गरे ।
परिवर्तन अभियान नेपालका सभापति सुशील भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्रलाई बलियो बनाउन सबै गणतन्त्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण