बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

चितवन दुर्घटना : मृतक किशोरको पहिचान खुल्यो

सोमबार, १४ जेठ २०८१, १३ : १९
सोमबार, १४ जेठ २०८१

चितवन । भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित सडकमा भएको सवारी दुर्घटनामा मृत्यु भएका किशोरको पहिचान खुलेको छ । मृत्यु हुनेमा प्युठान नौबहिनी गाउँपालिका-३ बस्ने १३ वर्षीय सोयन पुन रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सोमबार बिहान बा.४ ख ९०८६ नम्बरको बस, ना.३ ख ७९१५ नम्बरको ट्रक, ना.७ ख ३२४८ नम्बरको बस र ना.६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाई गए राति दुर्घटना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप