छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।
सल्यान, कपुरकोट गाउँपालिका-३ अरिंगालेफेदीस्थित सडकमा रा.१ ख १९१६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सल्यान छत्रेश्वरी गाउँपालिका-६ बस्ने २६ वर्षीय सुकलाल घर्तीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सहचालकको कान्तिपुर अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको छ ।
झापा, शिवसताक्षी नगरपालिका-९ मिलनचोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री शिवसताक्षी नगरपालिका-९ बस्ने ६० वर्षीय पुत्रथाम राईको आइतबार राती मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
स्याङ्जा, पुतलीबजार नगरपालिका-१४ आमडाँडास्थित सडकमा ग.२० प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ घुम्तिंमा डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय सुनिल कुमार शाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल स्याङजा हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण