पत्रकार महासङ्घको सदस्य सूची सच्याएर निर्वाचन गराउन प्रेस युनियनको माग
काठमाडौँ । नेपाल प्रेस युनियनले पत्रकार महासङ्घले सार्वजनिक गरेको सदस्यता सूची विधि, प्रक्रिया र विधान बमोजिम सच्याएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
युनियनका महासचिव दिलीप पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा महासङ्घको विधान अनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दछ भनिएको छ ।
महासङ्घका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सक्रिय पत्रकारहरूलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको जिकिर गरिएको छ ।
‘महासङ्घको विधान र महाधिवेशनको म्यान्डेट अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासङ्घकै सङ्गठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो’ विज्ञप्तिमा भनिएको छ ।
विधान, विधि र प्रक्रिया अनुसार महासङ्घकै शाखाहरू र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न माग गर्दै युनियनले सदस्यता विवाद निरूपण नगरी निर्वाचन प्रक्रिया अघि बढाइए उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघनै हुने चेतावनी दिएको छ ।
महासङ्घको निर्वाचन यही जेठ २६ गतेका लागि तय गरिएको छ । सदस्यता विवादका कारण अहिलेसम्म निर्वाचन तालिका भने सार्वजनिक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण