पत्रकार महासङ्घको सदस्य सूची सच्याएर निर्वाचन गराउन प्रेस युनियनको माग

काठमाडौँ । नेपाल प्रेस युनियनले पत्रकार महासङ्घले सार्वजनिक गरेको सदस्यता सूची विधि, प्रक्रिया र विधान बमोजिम सच्याएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
युनियनका महासचिव दिलीप पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा महासङ्घको विधान अनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दछ भनिएको छ ।
महासङ्घका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सक्रिय पत्रकारहरूलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको जिकिर गरिएको छ ।
‘महासङ्घको विधान र महाधिवेशनको म्यान्डेट अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासङ्घकै सङ्गठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो’ विज्ञप्तिमा भनिएको छ ।
विधान, विधि र प्रक्रिया अनुसार महासङ्घकै शाखाहरू र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न माग गर्दै युनियनले सदस्यता विवाद निरूपण नगरी निर्वाचन प्रक्रिया अघि बढाइए उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघनै हुने चेतावनी दिएको छ ।
महासङ्घको निर्वाचन यही जेठ २६ गतेका लागि तय गरिएको छ । सदस्यता विवादका कारण अहिलेसम्म निर्वाचन तालिका भने सार्वजनिक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगद्वारा लिखित जवाफ माग