गण्डकी प्रदेश सरकार
गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दै
बुधबार, १६ जेठ २०८१, ०९ : ५१

पोखरा । गण्डकीमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदैछन् । सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ । तर शपथ कतिबेला गर्ने भन्ने टुङ्गो छैन ।
प्रदेश प्रमुख कार्यालयले सर्वोच्चको पत्र कुरेर बसेको छ । ‘माथिबाट पत्र आएको छैन । पत्र आएपछि तयारी हुन्छ,’ प्रवक्ता चण्डी अर्यालले भने । सर्वोच्चले सोमबार राति मात्रै फैसलाको संक्षिप्त पाठ सार्वजनिक गरेको थियो । मंगलबार सार्वजनिक बिदा भएका कारण औपचारिक पत्र आज मात्र आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक
-
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?