गण्डकी प्रदेश सरकार
गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दै
बुधबार, १६ जेठ २०८१, ०९ : ५१
पोखरा । गण्डकीमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदैछन् । सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ । तर शपथ कतिबेला गर्ने भन्ने टुङ्गो छैन ।
प्रदेश प्रमुख कार्यालयले सर्वोच्चको पत्र कुरेर बसेको छ । ‘माथिबाट पत्र आएको छैन । पत्र आएपछि तयारी हुन्छ,’ प्रवक्ता चण्डी अर्यालले भने । सर्वोच्चले सोमबार राति मात्रै फैसलाको संक्षिप्त पाठ सार्वजनिक गरेको थियो । मंगलबार सार्वजनिक बिदा भएका कारण औपचारिक पत्र आज मात्र आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण