भीमफेदीमा कार दुर्घटना हुँदा ५ जना घाइते
बुधबार, १६ जेठ २०८१, १८ : ३७
हेटौंडा । मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा बुधबार दिउँसो अनियन्त्रित भई कार दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा६च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । कार सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । दुर्घटनामा घाइते भएका एक वर्षीय बालक र ४० वर्षीय युवकको अवस्था चिन्ताजनक रहेको उनले बताए ।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार घाइतेहरूको पहिचान खुलेको छैन । उनीहरूको थप उपचारका लागि हेटौंडा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण