सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ काठमाडौँ शाखामा प्रेस युनियनको ताला

बुधबार, १६ जेठ २०८१, २२ : १५
बुधबार, १६ जेठ २०८१

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा तालाबन्दी गरेको छ । 

पत्रकार महासंघ काठमाडौँ शाखाले सक्रिय पत्रकारहरूलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरूको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन काठमाडौँ शाखाले उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा महासंघ काठमाडौँ शाखामा बुधबार तालाबन्दी गरेको हो । 

‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर भएको सदस्यताको नामावलीप्रति नेपाल प्रेस युनियन काठमाडौँ शाखाको गम्भीर असहमति छ’ उपाध्यक्ष आचार्यले भने ।

उपाध्यक्ष आचार्यले महासंघको सदस्यता सुद्धिकरणका नाममा धेरै सक्रिय पत्रकारहरूलाई बाहिर राखेर सार्वजनिक गरिएको नामावलीप्रति युनियनको असहमति रहेको बताए । 

‘अहिले आएको सूचीप्रति हाम्रो असहमति छ, हामीलाई मान्य छैन, पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा अघि नवीकरण गरेकाहरूको पनि सुद्धिकरण हुनुपर्छ’ आचार्यले भने । 

प्रेस युनियन काठमाडौँ शाखाले महासंघ काठमाडौँ शाखाको नयाँ सदस्यता महासंघ केन्द्रबाट प्रकाशित नामावलीमा उल्लेख नभएकोमा चिन्ता व्यक्त गरेको छ । 

‘प्रेस युनियन काठमाडौँ शाखा प्रक्रिया पूरा गरेर आएका नयाँ सदस्यलाई पनि निर्वाचनमा सहभागी गराइनु पर्छ भन्ने मान्यता राख्दछ । सदस्यता आह्वान गरेर प्रक्रिया पूरा गर्दै आएका पत्रकारहरूलाई महासंघको सदस्यताबाट वञ्चित गरिनु हामीलाई मान्य छैन । यस्तै महासंघको प्रकाशित सदस्यता नामावलीमा केही गैह्र पत्रकारहरूको नामावली रहेको गुनासोसमेत आइरहेको हुँदा त्यस्ता नामावलीको सही र पारदर्शी तरिकाबाट छानबिन होस भन्ने हाम्रो माग छ । यी माग पूरा नहुँदासम्म प्रेस युनियन काठमाडौँ शाखा यो तालाबन्दी कायम राख्दछ,’ प्रेस युनियन काठमाडौँ शाखाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

युनियन काठमाडौँ शाखाले गरेको तालाबन्दी कार्यक्रमप्रति ऐक्यबद्धता जनाउन युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, युनियनका केन्द्रीय सचिव लालकुमार मुक्तानसहित जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप