कविता
पति पत्नी
शनिबार, १९ जेठ २०८१, ११ : ४४
पतिको सफलतामा
पत्नीको हात हुन्छ
पत्नीको सफलतामा
पतिको हात हुन्छ
पति वा पत्नी नहुनेको
अँध्यारो एक्लो रात हुन्छ
कसैको साथ नपाउँदा
पतिलाई पत्नीको आस हुन्छ
पत्नीको आँसु खसिरहँदा
केवल पतिको विश्वास हुन्छ
पति वा पत्नी छुट्टिएपछि
बितेका पलको आभास हुन्छ
पति पत्नीको सम्बन्ध नै यस्तो
परसम्मै साथ हिँड्ने कसम हुन्छ
मन वचन कर्म र मीठो प्रेममा
छोराछोरी नातिनातिनाको जनम हुन्छ
सँगै हिँड्दाहिँड्दै बाटो मोडिएछ भने
छुट्टिएकै ठाउँमा सपना खतम हुन्छ
सात जनम सँगै रहने सङ्कल्पमा
पति पत्नीले अग्नि साक्षी राखेको हुन्छ
दुई दिनको यो जिन्दगीमा अनगिन्ती
सुख दुःख मीठै मानी चाखेको हुन्छ
पति पत्नी हुन्नौँ भनी छाप लाउनेको
घर शून्य हुन्छ मुटु चर्केको हुन्छ
पतिको सफलतामा
पत्नीको हात हुन्छ
पत्नीको सफलतामा
पतिको हात हुन्छ
नर्थन क्यालिफोर्निया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण