नेपाल लाइफ इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा, कति पाउने भए सेयर धनीले ?
आइतबार, २० जेठ २०८१, १२ : ३३
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको आइतबार बसेको ३७६ औँ बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कायम कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ रहेको छ । जसको २१.०५ प्रतिशतले हुन आउने लाभांश रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ वितरण हुनेछ ।
तथापि, उक्त नगद लाभांशमध्ये १.०५ प्रतिशत बराबरको रकम भने कर प्रयोजनका लागि हुने कम्पनीले जनाएको छ । यो निर्णय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी बस्ने वार्षिक साधारणसभाले पारित गरे पश्चात सेयर धनीहरूमा वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण