स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएपछि छक्क परेँ : प्रकाशशरण महत
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएको बताएका छन् । यसले गर्दा भारतबाट सस्तो तरकारी नेपाल आउने र नेपाली कृषक मारमा पर्ने उनले बताए ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले भने,‘स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएको आन्तरिक उत्पादन बढाउनका लागि भन्नुभयो, मत छक्क परेँ । यस्तो झुट सत्य हुन सक्दैन । हामीले भन्सारबाट नेपाल ल्याउन भ्याट लगाएका थियौँ, आन्तरिक उत्पादनमा लगाएकै थिएनौँ । विदेशको सस्तो यहाँ नआओस् र यही आलु उत्पादन होस, स्याउ यही उत्पादन होस, प्याज उत्पादन होस भनेर कृषकहरू खुसी थिए । तर जो व्यापारमा संलग्नहरूको प्रभावले उहाँले त्यसलाई हटाइदिनुभयो र प्रोत्साहन गर्नका लागि हटायौँ भन्नुहुन्छ । जबकि हामीले भन्सारमा मात्र लगाएका थियौँ सबैलाई थाहा छ, सबैलाई थाहा छ, यस्तो झुटो कुरा बोल्ने ?’
उनले वैदेशिक ऋण लिनुभन्दापनि आन्तरिक ऋण लिनु जोखिमपूर्ण रहेको बताए ।
अर्थ मन्त्रालयको विविध क्षेत्रमा अहिलेपनि ७६ अर्ब रुपैयाँ रहेको भन्दै उनले अर्थ मन्त्रालयको लागि विगतमा ४७ अर्ब रुपैयाँ हुने गरेपनि यो पटक ९७ अर्ब रुपैयाँ पुर्याइएको बताए ।
आन्तरिक ऋण लिएर सो रकम राखिने बताउँदै उनले के गर्नका लागि ठुलो परिणामको बजेट अर्थ मन्त्रालयका लागि राखिएको भन्दै प्रश्न गरे ।
उनले भने,‘पहिले अर्थ मन्त्रालयले त्यति धेरै बजेट राखेको थिएन, आवश्यक पनि थिएन । त्यसको उत्तर सरकारले दिनुपर्छ । भूकम्प पीडितलाई राखेको भन्नुहोला, त्यसका लागि पनि २०–२२ अर्ब राख्नुभएको छ । मलाई के लागिरहेको छ भने, हामी गठबन्धनमा हुँदा बजेट वितरण गर्न पाइन भन्ने जुन ठुलो सकस थियो, मैले एउटा परिवारमा जस्तै नियमसँगत खर्च हुनुपर्छ, पार्टीमुखी हुनुहुँदैन, स्वार्थ समूहमुखी हुनुहुँदैन यो देश र जनतामुखी हुनुपर्छ । प्राथमिकताका आधारमा खर्च हुनुपर्छ भनेर बजेट बनाएका थियौँ । ३ करोडभन्दा मुनीको आयोजना हुनुहुँदैन भनेर बनाएका थियौँ । तर अहिले खुट्टा छोडिसक्नुभयो, कनिका छरेजसरी बजेट जाँदैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण