गुल्मी जिप दुर्घटनामा अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो
बुटवल । गुल्मीमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुने र घाइतेहरूको पहिचान खुलेको छ । दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी गाउँपालिकाको ओक्याङस्थित भित्री कच्ची सडकमा ग २ च ३२६२ नम्बरको जिप अनियन्त्रित भई सडकदेखि अन्दाजी ४ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी सत्यवती गाउँपालिका९८ भार्से बस्ने ३२ वर्षीय कमला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सत्यवती गाउँपालिका ८ भार्सेकी ३७ वर्षीय रिता छन्तेल, उनकी छोरी ४ वर्षीय ईरिसा, ७५ वर्षीय टेक बहादुर कला र २३ वर्षीय मेख बराल गम्भीर घाइते भएका छन् । यसै गरी घाइतेहरू २६ वर्षीय अजय नेपाली, ४६ वर्षीय दुरपति बराल र चालक २९ वर्षीय केशव रानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण