आयोजकलाई नफापने टी–२० विश्वकप !
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भइरहेको छ । प्रतियोगिताका केही खेल समाप्त पनि भइसकेका छन् ।
खासमा टी–२० विश्वकप सन् २००७ देखि सुरु भएको हो । प्रतियोगिताको पहिलो संस्करण दक्षिण अफ्रिकामा आयोजना भएको थियो । त्यसयता प्रतियोगिताका आठवटा संस्करण सम्पन्न भइसकेको छ ।
टी–२० विश्वकपसँग एउटा निकै रमाइलो संयोग जोडिएको छ । हालसम्म आयोजक राष्ट्रले एकपटक पनि टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन ।
सन् २००७ मा पहिलो संस्करण दक्षिण अफ्रिकामा आयोजना हुँदा उपाधि भारतले जितेको थियो । सन् २००९ मा दोस्रो संस्करण इङ्ल्यान्डमा आयोजना हुँदा पाकिस्तान च्याम्पियन बनेको थियो ।
यसैगरी सन् २०१० मा तेस्रो संस्करण वेस्ट इन्डिजमा आयोजना हुँदा इङ्ल्यान्डले उपाधि हात पारेको थियो । सन् २०१२ मा चौथो संस्करण श्रीलंकामा आयोजना हुँदा वेस्ट इन्डिज च्याम्पियन बनेको थियो ।
यसैगरी सन् २०१४ मा पाँचौँ संस्करण बंगलादेशमा आयोजना हुँदा श्रीलंका विश्व च्याम्पियन बनेको थियो । सन् २०१६ मा छैटौँ संस्करण भारतमा आयोजना हुँदा वेस्ट इन्डिजले उपाधि जितेको थियो ।
यसैगरी सन् २०२१ मा संयुक्त अरब इमिरेट्स र ओमानमा संयुक्त रूपमा सातौँ संस्करण आयोजना हुँदा अस्ट्रेलियाले उपाधि हात पारेको थियो । सन् २०२२ मा अस्ट्रेलियामा आठौँ संस्करण आयोजना हुँदा इङ्ल्यान्डले उपाधि हात पारेको थियो ।
टी–२० विश्वकपको इतिहासमा हालसम्म आयोजक राष्ट्र एकपटक मात्र फाइनलमा पुग्न सकेको छ । सन् २०१२ को विश्वकप श्रीलंकामा आयोजना भएको थियो । त्यतिबेला श्रीलंकाली टोली फाइनलमा पुगेको थियो । फाइनलमा श्रीलंकालाई वेस्ट इन्डिजले ३६ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण