कोशी सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्रीको रिट श्रेष्ठ र ढकालको इजलासमा
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
बुधबार उक्त रिट निवेदन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
पूर्वमुख्यमन्त्री केदार कार्कीका तर्फबाट सुप्रेक्षा जोशीले दायर गरेको रिटमा हिक्मत कार्की नेतृत्वको सरकार गठन प्रक्रिया असंवैधानिक रहेको जिकिर गरिएको छ । कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ बमोजिम अन्तिम विकल्पका रुपमा मुख्यमन्त्री नियुक्त भएको भन्दै आफ्नै नेतृत्वको सरकार कायम गराउन परमादेश माग गरेका छन् ।
रिटमा कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर बिस्ट, सङ्कल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण